इटहरी। भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिनुभयो । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनः स्थापनामा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ । समाजका राष्ट्रिय समिति विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय छन् ।