इटहरी । धनकुटामा प्रहरीले भरुवा बन्दुकसहित एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो धनकुटा नगरपालिका–९ स्थित खुलाल टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जना पुरुषलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय विजय राई रहेका छन् । उनलाई भरुवा बन्दुकमा छर्रा लोड गरी बोकेर हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किसोर तामाङले जानकारी दिनुभयो ।

भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएका राईलाई जिल्ला अदालत धनकुटाबाट हातहतियार तथा खरखजाना मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।