इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका कारण रूख ढलेर घरमा क्षति पुग्दा तीन लाख बराबरको नोक्सानी भएको छ ।
\मङ्गलबार साँझ वर्षासहित आएको हुरीबतासका कारण रूख ढलेर स्थानीय अनिता सुब्बाको घरको छानो भत्किँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको हो । सुब्बाको जस्तापाता र ढुङ्गामाटोको घरको छाना रूख ढलेर किचेको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय सोमराज गुरुङको घरको लाफी तथा स्थानीय भक्त घतानीको बस्तु गोठ समेत हावाले उडाएको छ । यसैगरी स्थानीय खाण्डुक शेर्पाको किचनको छाना उडाएको छ । हावाहुरीका कारण जिल्लाका बिभिन्न स्थानमा बालीनालीमा क्षति तथा विद्युत समेत अवरुद्ध भएको हो ।


