सुनसरी । विश्व वातावरण दिवसको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तरहरा शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरीको रामधुनी वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोशी प्रदेश क्षेत्रीय प्रबन्धक महेन्द्र तिम्सिना र प्रदेश संयोजक तथा तरहरा शाखा प्रमुख विजय खनालको सहभागिता रहेको थियो।

कार्यक्रममा कम्पनीका कर्मचारीहरूसहित MDRT (मिलियन डलर राउन्ड टेबल) विजेता नवराज पौडेल, लोकबहादुर विष्ट, मोहन चौधरी र छत्रराज चौधरी तथा विभिन्न क्षेत्रका उत्कृष्ट अभिकर्ता र स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
वृक्षारोपणका लागि आवश्यक फलफूलजन्य बिरुवा तरहरा सब–डिभिजन वन कार्यालयले उपलब्ध गराएको शाखाले जनाएको छ। वातावरण दिवसको अवसरमा गरिएको यस अभियानले स्थानीय स्तरमा वातावरणीय सन्तुलन कायम राख्न तथा सर्वसाधारणमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।


