इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सङ्खुवासभाको प्रथम जिल्ला अधिवेशनबाट भक्तनारायण श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको हो । पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका श्रेष्ठ स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आउनुभएको थियो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनील श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाईं र सहसचिवमा सन्तोष बस्नेत निर्विरोध चयन हुनुभएको छ । अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएको रास्वपा सङ्खुवासभाले जनाएको छ ।

नवनिर्वाचित सभापति श्रेष्ठले जिल्लाभर पार्टी सङ्गठनलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखी पार्टीका नीति तथा कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गरिने बताउनुभयो।

अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य डा। सुजाता तामाङले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।