इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आइतबार सम्पन्न अधिबेसनबाट नवगठित समितिको सभापतिमा भुवन थापा चयन हुनुभएको छ ।

समितिको उप–सभापतिमा नारद बहादुर कटुवाल, सचिवमा आशिष तामाङ तथा सह–सचिव एवं संगठन विभाग प्रमुखमा सिराज जोसी चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा फडिन्द्र थापा, प्रेम बहादुर कार्की, बिमला गहतराज, मनोज खड्का तथा पुजन गिरी चयन हुनुभएको छ । पार्टीको जिल्ला संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने सभापति थापाले बताउनुभयो ।