इटहरी । मोरङको विराटचोकस्थित हिमालय इङ्गलिस स्कुलले विद्यार्थीको समग्र विकासका लागि एकदिने शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाकी शिक्षा शाखा अधिकृत अन्जु सुवेदीले विद्यालय, शिक्षक र अभिभावकको त्रिपक्षीय सहकार्यले मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुृभयो ।
मुख्य सहजकर्ता शैक्षिक मनोविज्ञ एवं इन्स्पायर एजुकेसनका सीईओ इन्द्रकुमार प्रसाईले अभिभावकको जिम्मेवारी, बालमनोविज्ञान र सकारात्मक सिकाइ वातावरणबारे सहजीकरण गर्दै बालबालिकाको व्यक्तित्व विकासमा अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यार्थीको शैक्षिक, मानसिक तथा व्यावहारिक विकासमा अभिभावक र शिक्षक दुवैको संयुक्त जिम्मेवारी रहने उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरूले यो अभिमुखीकरण बालमनोविज्ञान बुझ्न र घरमा अध्ययनमैत्री वातावरण बनाउन अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिए ।
विद्यार्थीको समग्र विकासका लागि आगामी दिनमा आवश्यक सहकार्यको बलियो जग निर्माण गर्न कार्यक्रम सफल भएको विद्यालयले जनाएको छ ।


