इटहरी । कोशी ट्र्याक्टर सङ्घको २९ औँ साधारण सभाबाट चित्रबहादुर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।
साधारण सभाले शैलेन्द्र श्रेष्ठलाई उपाध्यक्ष, देवेन्द्र श्रेष्ठलाई महासचिव, डोगबहादुर प्रधानलाई कोषाध्यक्ष तथा श्रीबहादुर अधिकारीलाई सचिवमा चयन गरेको छ।
त्यसैगरी कार्यसमितिको सदस्यहरूमा श्रीमान श्रेष्ठ, शिव खड्का, बमबहादुर न्यौपाने, दीपनारायण चौधरी र धनपति सिग्देल चयन भएका छन्।
साधारण सभामा सङ्घको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा ट्र्याक्टर व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने, व्यवसायीबीच एकता र सहकार्यलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो।
नवनिर्वाचित अध्यक्ष सापकोटाले व्यवसायीहरूको साझा हितका लागि सङ्घलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सदस्यहरूको साथ र सहयोगको अपेक्षा गरेको बताएका छन्।


