इटहरी। कोशी अस्पताल विराटनगरको जग्गा अतिव्रmमण गरेर बनेका संरचना हटाउने प्रव्रिmया अन्तर्गत सीमा यकिनको काम सुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले वैशाख ३० गते निर्देशनात्मक परिपत्र गर्दै सरकारी अस्पतालको जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण गर्न भनेको थियो ।  कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० रामनारायण चौधरीका अनुसार स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम जग्गा खोजबिन गर्न एक विशेष समिति गठन गरिएको छ । शाखा अधिकृत त्रिलोचन न्यौपानेको संयोजकत्वमा बनेको समितिले आइतबारदेखि नापजाँच सुरु गराएको छ । जसमा स्थानीय प्रशासनसँग समन्वय गरेर नापी र मालपोतबाट स्रेस्ताबमोजिमको सीमा यकिन गर्न थालिएको हो ।  कोशी अस्पतालको नाममा पाँच बिघा आठ कट्ठा नौ धुर जग्गाको स्रेस्ता रहेको छ । विराटनगर ७ नम्बर ९साबिक विराटनगर १०० वडाको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ नम्बरमा अस्पतालको जग्गा छ । छ वटा कित्तामध्ये २६ नम्बरको सबैभन्दा धेरै जग्गा मिचिएको छ । अस्पतालले यहाँभन्दा अगाडि गरेको नापजाँचमा १३०।५ मिटर जग्गा अतिव्रmमण भएर त्यहाँ अन्य सङ्घ संस्थाले संरचना बनाएर भाडा असुल्दै आएको देखिएको थियो । अस्पतालको जग्गामा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडव्रmस सोसाइटी र देवकोटा पुस्तकालयले आफ्ना तथा आफ्नो मातहतमा राखेर भाडाका संरचना बनाएका छन् । 

मेडिकल सुपरिन्टेन्डेन्ट चौधरीका अनुसार संरचना भएका संस्थासँग आफ्नो पुर्जा छैन, जोसँग पुर्जा छैन त्यो जग्गा सबै अस्पतालको हो तर बारम्बार छोड्नभन्दा समेत विवाद सिर्जना हुँदै आएको छ । संरचना बनाएर यी संस्थाले भाडा असुल्दै आएका छन् । कोशी अस्पतालका दुई ठुला संरचना बनिरहेका छन् । सङ्घीय सरकारी अस्पतालपरिसरमा पाँच सय शøयाको मेडिकल भवन र २५९ शøयाको बहुविशेषज्ञता सेवा सञ्चालन भवन निर्माणाधीन चरणमा रहेका छन् । त्यसका लागि अस्पतालको आफ्नो जग्गा आफैँ उपभोग गर्नुपर्ने अवस्था छ । अस्पताल प्रशासनका नायब सुब्बा नवराज लुइटेलका अनुसार जग्गा नापजाँच गर्नुपूर्व २०७६ सालदेखि २०८३ असारसम्मको १० लाख ५७  हजार ६१० रुपियाँ राजस्व अस्पतालले जम्मा गरेको छ । अस्पतालको जग्गामध्ये क्षयरोग निवारण संस्थाले छ कट्ठा आठ धुर, गणेश मन्दिरले दुई कट्ठा, देवकोटा पुस्तकालयले दुई कट्ठा १० धुर र रेडव्रmस सोसाइटीले दुई कट्ठाभन्दा बढी जग्गा ओगट्दै आएका छन् । यी सबै संरचना अस्पतालदेखि दक्षिण ९अस्पताल चोकदेखि देवकोटा चोक० सम्मको सडकसँग जोडिएको हो । जहाँ ठुला अस्पतालदेखि मेडिकल पसल तथा प्रदेश संसद् भवन, जिल्ला समन्वय समिति जस्ता संरचना भएकाले व्यापारिक क्षेत्र मानिन्छ । 

मेसु चौधरीका अनुसार अस्पतालको जग्गा यसअगाडि समेत बारम्बार खाली गर्ने प्रयत्न त गरिएको थियो तर पहँुचको प्रयोग बारम्बार भएर रोकिएको हो । यस पटक भने सीमा यकिन गरेर स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन पठाएलगत्तै स्थानीय प्रशासनसँग समन्वय गरेर भत्काइने छ । अस्पतालको जग्गामा संस्था मात्रै बसेको नभएर ती संस्थाले भाडाका संरचना बनाएका छन् । अहिले अस्पतालको १३०।३ मिटर सडकसँग छोएको जग्गामा ३० भन्दा बढी व्यापारिक सटर रहेका छन् । २०८० सालमा अस्पतालले गरेको अध्ययन अनुसार क्षयरोग निवारण संस्थाले मासिक दुई लाख, गणेश मन्दिरले एक लाख ६० हजार रुपियाँ मासिक भाडा उठाउने गरेको पाइएको थियो । यसै गरी नेपाल रेडव्रmस सोसाइटीले संरचना बनाएर राष्ट्रिय वाणिज्य बैङ्कलाई भाडामा लगाएर मासिक एक लाख ५० हजार र देवकोटा पुस्तकालयसमेत भाडामा लगाएर आम्दानी असुल्ने गरेको देखिएको थियो ।  अस्पताल विकास समितिका पूर्वसदस्य मकुेश बुढाथोकीका अनुसार यी संस्थाले संरचना बनाएर भाडा असुले पनि त्यो संस्थागत रूपमा कहीँ नभेटिने दाबी गर्नुहुन्छ । अस्पतालको जग्गा अस्पतालकै नाममा फर्काउन २०७६ सालदेखि बुढाथोकीले नै यसको अभियान चलाउँदै आउनुभएको थियो । २०८० सालमा विकास समिति सदस्यमा नियुक्त भएपछि नापजाँच गरेर यसको सीमा यकिनसमेत गरिएको थियो । 

कोशी अस्पतालको पेरिफेरि दक्षिणपूर्व सडकमा जम्मा १५६ मिटर जग्गा पर्दछ । यसमध्ये बनसखण्डी मन्दिर १६ मिटर र नर्सिङ क्याम्पसको ९।५ मिटर जग्गा स्रेस्तामा देखिएको छ । बाँकी कुनै पनि संस्थाको नाममा जग्गा स्रेस्ता छैन । यहाँ संरचना बनाउनेमा नेपाल क्षयरोग निवारण संस्था सबैभन्दा पुरानो हो । जसले २०१६ सालमै भवन बनाएको थियो ।