काठमाडौं, असार २५ । नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले iCAUR V23 विद्युतीय एसयूभीमा सीमित अवधिका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।

कम्पनीले हाल बजारमा संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम भए पनि सीमित स्टकका गाडीहरू पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। यसबाट ग्राहकले प्रतिगाडी ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीको दाबी छ। बजेटपछिको कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण iCAUR V23 को मूल्य वृद्धि भई ५३ लाख ९९ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। 

एसपीजी अटोमोबाइल्सका अनुसार उच्च ग्राहक मागका बीच सीमित मौज्दात रहेका गाडीहरूमा मात्रै यो अफर लागू हुनेछ। स्टक समाप्त भएपछि नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित मूल्यअनुसार हुने जनाइएको छ।

iCAUR V23 पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको विद्युतीय एसयूभीमध्ये एक हो। यसमा ५९.९३ किलोवाट–घण्टा क्षमताको ब्याट्री, एक पटकको चार्जमा ४०१ किलोमिटरसम्मको CLTC रेन्ज तथा २१० मिमी ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ।

कम्पनीले इच्छुक ग्राहकलाई नजिकको iCAUR शोरुम वा आधिकारिक डिलरसँग सम्पर्क गरी अफरको लाभ लिन आग्रह गरेको छ। यो योजना सीमित मौज्दातमा आधारित भएकाले स्टक सकिएसँगै स्वतः समाप्त हुने जनाइएको छ।

एसपीजी अटोमोबाइल्स नेपालमा iCAUR, OMODA र JAECOO ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक हो।