इटहरी ।  धनकुटाको चौबिसेमा नौ तले युमा माङ्गहिम निर्माण हुने भएको छ । चौबिसे गाँउपालिका–६, राजारानीमा विश्वकै अग्लो युमा माङ्गहिम निर्माण हुन लागेको हो ।

प्रदेश सरकार गाउँपालिका वडा कार्यलय तथा किराँत धर्मावलम्बीबाट सहयोग सङ्कलन गरेर निर्माण गर्न लागिएको चौबिसे गाँउपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।  युमा माङ्गहिम निर्माण भइसक्दा करिब नौ करोड रुपियाँ खर्च हुने अनुमान पालिकाको रहेको छ । हालसम्म करिब दुई करोड रुपियाँ खर्च भइसकेको छ ।

अहिले जमिनमाथि दुई तला निर्माण भएको छ । विश्वकै किराँत धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्ने गरी काम भइरहेको पालिका अध्यक्ष चेम्जोङको भनाइ छ । २०६० सालबाट यसको निर्माण सुरु भएको हो । बिचमा बजेट अभावका कारण काम रोकिएको थियो तर पछिल्लो समय प्रदेश सरकार गाउँपालिका वडा कार्यलय तथा किराँत धर्मावलम्बीबाट सहयोग सङ्कलन गरेर पुनःनिर्माण सुरु गरिएको हो ।

माङ्गहिम निर्माण भइरहेको स्थानमा मावरक पावरक नागनागिनीको व्रmीडास्थलका रूपमा रहेको विश्वास गरिन्छ ।