इटहरी । रोटर्याक्ट क्लब अफ इटहरीको आयोजनामा तथा रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकली, सुनसरीलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले विपद् राहत सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व रोटर्याक्ट क्लब अफ इटहरीका अध्यक्ष शीतल धितालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव जेनिशा सुमनले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल रहनुभएको थियो। विशिष्ट अतिथिहरूमासन्त बहादुर डुम्जन, अनन्त बिष्ट, चेतन धमला तथा अरुण केसी रहनुभएको थियो। साथै कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट ग्रान्ट कमिटी सदस्य तथा रोटर्याक्ट क्लब अफ इटहरीका पूर्व अध्यक्ष भूपेन्द्र निरौलाको समेत विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी डीएसपी दिनेश कटवाल, सञ्जीव पौडेल, विश्वनाथ पोखरेल, इन्स्पेक्टर टेक कटवाल तथा प्रेम राई लगायत सशस्त्र प्रहरी बलका पदाधिकारीहरूको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष शीतल धितालले हस्तान्तरण गरिएका सामग्रीहरूले विपद् व्यवस्थापनलाई अझ सहज, प्रभावकारी तथा सेवामुखी बनाउन टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनहरूमा पनि रोटर्याक्ट क्लब अफ इटहरी सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्दै सामाजिक तथा मानवीय सेवाका कार्यहरूमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले रोटर्याक्ट क्लब अफ इटहरीले गरेको कार्य पुण्य तथा उदाहरणीय रहेको बताउँदै यस्तो सहयोगले विपद् व्यवस्थापनमा मात्र नभई देश निर्माणमा समेत महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालमै यस्तो सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गर्दै रोटर्याक्ट क्लब अफ इटहरीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमअन्तर्गत फायर बल, पोर्टेबल मेगाफोन, ड्राइ ब्याग, स्विमिङ बुट, रेस्क्यु थ्रो रोप, लाइफ ब्वाय रिङ, लाइफ ज्याकेट, सेफ्टी हेल्मेट, स्ट्रेचर, वाकी–टकी, फायर एक्स्टिङ्गुइशर, रेनकोट तथा फस्र्ट एड किट लगायतका विपद् उद्धार तथा व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरिएको थियो। उक्त सामग्रीहरूको कुल मूल्य करिब २ लाख ५० हजार रहेको क्लबले जनाएको छ।

