इटहरी । मोरङको सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालामा आश्रित ब्राह्मणहरूका लागि सुरक्षित आश्रयस्थल निर्माण गर्न सामाजिक व्यक्तित्व देबराज तामाङले ट्रस सहयोग गर्नभएको छ ।

बुधबार आयोजित कार्यक्रमका बीच तामाङले गौशाला व्यवस्थापन समितिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले तामाङ प्रति आभार प्रकट गर्दै भौतिक संरचनाको अभाव झेलिरहेको अवस्थामा प्राप्त यो सहयोगले आश्रयस्थल व्यवस्थापनमा ठूलो राहत पुग्ने बताउनुभयो।

उहाँले यस्ता निस्वार्थ सहयोगी हातहरूका कारण नै धार्मिक तथा सामाजिक कार्यलाई निरन्तरता दिन हौसला मिल्ने उल्लेख गर्नुभयो। सहयोग हस्तान्तरण गर्दै समाजसेवी तामाङले गौसेवा र धर्म संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । आफूले प्रचारका लागि नभई समाज र संस्कृति प्रतिको उत्तरदायित्व बोध गरेर सहयोग गरेको उहाँको भनाइ थियो।

विभिन्न सामाजिक तथा मानवीय कार्यमा सक्रिय तामाङको यस कदमलाई स्थानीयवासी र महिला अधिकारकर्मीहरूले समाजमा सद्भाव र सहकार्य बढाउने एक प्रशंसनीय कार्यका रूपमा स्वागत गरेका छन्।