इटहरी । उदयपुरको उदयपुरगढी गाउपालिका वडा ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ।

महोत्तरीको गौशल्लाबाट चतरा धामतर्फ जाँदै गरेको वा २ ख ६४६८ नम्बरको दिप इग्निस एकेडमी बोर्डिङ गौशला नपा २ महोत्तरीको बस अनियन्त्रीत भइ  दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३१ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार बर्दिवासका ६५ वर्षिय विमलेस दत्तको मृत्यु भएको छ । घाइतेहरुमा गौशल्ला २ कि ३८ वर्षिया रसिलाकुमारी चौधरी र उहाँको छोरा १२ वर्ष को सन्देशकुमार चौधरी, ४५ वर्षको जितन प्रसद यादव र निजको श्रीमती ३८ वर्षिया पिंकी यादव हुनुहुन्छ।

यसैगरी घाइते हुनेहरुमा वर्ष २४ कि किनितु यादव, वर्ष १५  कि चाँदनी पासवान, वर्ष ४५ को भिकारी यादव, २२ वर्षिया अमृता यादव,  २० वर्षिया अञ्जली साह, १८ वर्षिया रुपा महतो, २४ वर्ष को अनिलकुमार पासवान, ३६ वर्षको दिनेश साह र निजको ७ वर्षिय छोरा आलोक साह रहेका छन । त्यस्तै, २६ वर्षिया अनिसा महतो, १५ वर्षिया नादनीकुमारी यादव, २७ वर्षको अजयकुमार मण्डल,  २८ वर्षको दीपेन्द्र महतो, २९ वर्षको जीवन आले मगर, बर्ष २६ को कुश महतो, वर्ष ३० को रामशङ्कर यादब र उहाँका २२ वर्षिया श्रीमती निर्मला यादब तथा निजको छोरा ७ वर्षको बिकी यादब गम्भीर गाइते हुनुभएको छ ।

उहाँहरुको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुरका प्रहरी उपरीक्षक राजन चपागाइले बताउनुभयो। यसबाहेक अन्य पाँचजना सामान्य घाइतेहरुको पनि उपचार भइरहेको छ । दुई जनालाई थप उपचारको लागि न्युरो अस्पताल बिराट्नगर रेफर गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।