इटहरी । मेची राजमार्ग अन्तर्गत इलामको माइखोला माथि राजदुवाली–भन्ज्याङ सडक खण्डमा सडक भासिने क्रम नरोकिए पछि जिल्ला प्रशासन कार्यालय इलामले रातको समयमा सवारी सञ्चालन रोक लगाएको छ ।
मेची राजमार्गको उक्त खण्डमा बढी जोमिख रहेकाले बेलुका ८ बजेदेखि विहान ५ बजे सम्म ठुुला– साना सबै सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । प्रशासन कार्यालयले आज एक सुुचना जारी गरि बिरामी बोकेका एम्बुुलेन्स, अत्यावश्यक सवारीलाई स्थानीय प्रहरी सँग समन्वय गरेर यात्रा गर्न भनिएको छ । सुुचनामा वर्षादको समय शुुरु भएकाले मेची बाढी, पहिरोबाट हुुनसक्ने क्षति प्रति सर्वसाधारणलाई सचेत गराउँदै राजमार्ग सहित अन्य सडकहरुमा रातको समयमा यात्रा नगर्न अनुुरोध गरेको छ ।
प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सुुचना जारी गर्दै मेची राजमार्ग, इलाम–बेलासे द्रुुतमार्ग ९मेची कोरिडोर० लगायत अन्य ग्रामिण सडकहरुमा काठ गोलिया र ओभर लोड भएका सवारीलाई अर्को सुुचना नभए सम्म नियन्त्रित रुपमा मात्र आवागमन गर्ने गराउने उल्लेख गर्नुुभएको छ ।
सुुचनामा खाद्यान्न, निर्माण सामग्री लगायत दैनिक उपभोग्य सामग्री बोकेक सवारी साधनले सडकको अवस्था र क्षमता तथा यातायातका साधनको क्षमतालाई पुुर्ण पालना गरि आवागमन गर्ने गराउने उल्लेख गरिएको छ । पछिल्लो समय निरन्तर वर्षा हुुनथालेपछि सो सडक खण्डमा सवारीहरु पार हुुन निकै मुुस्किल परिरहेको छ ।


