इटहरी । सुनसरीको दुहबी नगरपालिकाको १९ औँ नगर सभाबाट ९७ करोड ६६ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
दुहबीमा सुरु भएको नगर सभामा आर्थिक वर्ष २०८३र८४ को बजेट, नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै उपप्रमुख मेनुका पोखरेल खतिवडाले कुल ९७ करोड ६६ लाख रुपियाँ बजेटसहितको नीति तथा कार्यव्रmम सार्वजनिक गर्नुभएको हो । नगर सभामा असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । गत आवको भुक्तानी गर्न बाँकी दायित्व करिब १६ करोड रहेको छ । यो बजेट गत वर्षको भन्दा करिब चार करोड रुपियाँ बढी हो ।
आव २०८२र८३ मा दुहबी नगरपालिकाले ९३ करोड ६५ लाख रुपियाँ बजेट सार्वजनिक गरेको थियो । चालुतर्फ २४ करोड ७० लाख, पुँजिगततर्फ ४२ करोड ६६ लाख, सङ्घीय ससर्त २९ करोड १८ लाख, प्रदेश ससर्त एक करोड १२ लाख रहेको छ भने आन्तरिक स्रोत सङ्कलन लक्ष्य १४ करोड रुपियाँ रहेको छ । सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख वेदनारायण गच्छदारले आफ्नो १० बर्से कार्यकाल सकिन लाग्दाको सम्भवतः अन्तिम नगर सभासमेत भएको भन्दै आफ्नो योग्यता, क्षमता, सव्रिmयता र अनुभवको भरपूर उपयोग गरी सेवा गरेको बताउनुभयो ।
उहाँले नगरको सीमित स्रोतसाधनको बाबजुदसमेत जनताका असीमित आवश्यकता र माग पूरा गर्ने कोसिस गरेको तथापि जनताको आवश्यता पूरा गर्न नसक्दा आलोचना भोग्नु परेको बताउनुभयो । उहाँले आफूले भौतिक पूर्वाधार र नागरिकको आय आम्दानीको रोडम्याप बनाइसकेको हुँदा बाँकी आवश्यकता अर्को मेयरले रोड मात्रै बनाए पुग्ने भन्दै जनप्रतिनिधिलाई निराश नहुन आग्रह गर्नुभयो ।
दुहबी नगरप्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा सुरु भएको नगर सभामा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम दुहबी नगर उपप्रमुख मेनुका खतिवडाले प्रस्तुत गर्नुभएको थियो । बन्द सत्र बैठकमा छलफल गरी बजेटलाई विषयगत शीर्षक अनुसार दफाबार छलफल गरी नगर सभाले सर्वसम्मत पारित गर्ने दुहबी नगरपालिकाका प्रवक्ता विजय चौधरीले जानकारी दिनुभयो ।


