इटहरी । भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु भएको छ ।
भारतको सिलिगुडीबाट फर्किंदै गर्दा बाग्मती प्रदेश ०१०३२ च। १६८० नम्बरको कार शनिबार दिउसो करिब ५ बजे बागडोग्राको सन्यासी स्थानको चिया बगानमा अनियन्त्रण भई रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अलैची व्यवसायी बिर्तामोड(५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाइते चौधरीको बागडोग्रा ग्यालेक्सीस्थित अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो ।
कारमा उहाँ मात्र एक्लै रहेको बताइएको छ । तीब्र गतिका कारण कार रुखमा ठोक्किएर दुई टुक्रा भएको छ । उहाँको मुटु, टाउको लगायात शरीरका विभिन्न भागमा चोट लागेको पाइएको त्यहाँस्थित ग्यालेक्सी अस्पतालले जनाएको छ ।


