इटहरी। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड–५ स्थित नयाँ बसपार्कको सुकुमवासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । 

७० वर्षीय पहलमान ठाकुरको सो घर आइतबार बिहानको राति २ बजेतिर जमिनमा भासिएको हो । घर ढल्किँदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरू बाहिर निकालिएको छ । 

त्यस घरमा दुई जना मात्र बस्ने गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको प्रहरीले जनाइएको छ ।