इटहरी। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको अर्थतन्त्रमा मुुख्य भूमिका खेल्ने नेपाली चियाको तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

पछिल्लो समय नेपाली भारत बन्द भएपछि असार १ देखि एक सय बढी चिया उद्योगहरुनै बन्द अवस्थामा छन् । दैनिक रुपमा करोडौं मुुल्य बराबरको लाखौं किलो किसानको हरियो पत्ती नस्ट भइरहेको भन्दै नेता आङ्देम्बेले तत्काल यो समस्या सरकारले सुुल्झाउन लाग्नुु पर्ने बताउनुुभयो । इलाम नगरपालिकाको १८औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै आङ्देम्बेले चिया जस्तो अर्थतन्त्रको सम्वेदनशील विषयलाई यति लामो समय बेखबर बनाइनुु दुु’ खद रहेको बताउनुुभयो । चियाका विषयमा विपक्षी दलमा रहेपनि आफूूहरुले पटक–पटक संसदमा यो विषय उठाएको भन्दै आङ्देम्बेले भारत सँग समयमा कुुटनीतिक सम्वाद गर्न नसक्नुु सरकारको कमजोर पन भएको बताउनुुभयो । 

रोधका लागि विरोध गर्न होइन परिणामका लागि साथ दिन आफूूहरु तयार रहेको भन्दै नेता आङदेम्बेले सरकारले गर्ने गलत तत्काल गर्नुपर्ने चियाको समस्या समाधानका लागि लाग्न आग्रह गर्नुभयो । नेता आङ्देम्बेले सत्ताधारी दलले भारी जनमतलाई दम्बका साथ नलिन साना, किसान सम्मका समस्यालाई हुर्नुपर्नेमा जोड दिनुुभयो ।  नेता आङ्देम्बेले संसदमा पनि सत्ताधारी दलले विभिन्न हर्कत र दम्ब देखाउने गरेको भन्दै प्रतिपक्षी दलहरुलाई कमजोर  ढंगले नलिन सचेत समेत गराउनुुभयो । 

उहाँले विपद्बाट थलिएको इलाम, यहँँको भूू–बनोट, यहाँको चिया, मेची राजमार्गको अवस्था यति दयनीय हुँदा पनि सरकारको ध्यान नजानुु यहाँका नागरिकको अपमान भएको धारणा राख्नुुभयो ।