इटहरी। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माणको कार्यलाई अन्तिम चरणमा पु(याएको छ । 

महानगरले बुधबार  बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । महानगरका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार आगामी वर्षको बजेटको आकार चालु आवको तुलनामा घट्ने निश्चित भएको छ । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावट र आन्तरिक राजस्व सङ्कलनको लक्ष्य भेट्न नसकिने अवस्था आएपछि महानगरले बजेटको आकार घटाउन लागेको हो । उपप्रमुख कार्कीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य र प्रविधिमैत्री सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । 

बजेटको आकार घट्नुमा बाह्य र आन्तरिक दुवै कारण जिम्मेवार देखिएका छन् । विशेष गरी सङ्घबाट प्राप्त हुने समानीकरण अनुदान, विशेष अनुदान र राजस्व बाँडफाँटको हिस्सा घटेर आएको छ । साथै घरजग्गा कारोबारमा आएको मन्दी र अन्य आर्थिक सूचक सकारात्मक नहुँदा आन्तरिक आयमा समेत ठुलो असर परेको छ । चालु आव २०८२र८३ का लागि महानगरले चार अर्ब ४० लाख रुपियाँको बजेट सार्वजनिक गरेको थियो । यसमा आन्तरिक राजस्वबाट एक अर्ब ४० करोड रुपियाँ आम्दानी गर्ने महŒवाकाङ्क्षी लक्ष्य राखिएको थियो । जेनजी आन्दोलन र आर्थिक मन्दीका कारण राजस्व सङ्कलन कमजोर भएपछि गत पुसमा आन्तरिक आयको अनुमान संशोधन गरी एक अर्ब २७ करोडमा झारिएको थियो । असार ६ सम्म महानगरले मात्र ४७ करोड रुपियाँ आम्दानी गरेको छस जुन गत वर्षको सोही अवधिको तुलनामा ३३ लाख रुपियाँले कम हो ।

चालु वर्षको बजेटको स्रोततर्फ वित्तीय समानीकरण अनुदान ९सङ्घ र प्रदेश० बाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट एक अर्ब १९ करोड २० लाख र सङ्घीय सरकारको ससर्त तथा समपूरक अनुदानबाट ८३ करोड ३४ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको थियो । आगामी वर्ष यी सबै शीर्षकमा प्राप्त हुने रकम घट्ने देखिएकाले महानगरले यस पटक सुरुमै यथार्थपरक र संशोधित आकारको बजेट ल्याउन लागेको उपप्रमुख कार्कीले बताउनुभयो ।