इटहरी। कोशी प्रदेशमा रहेका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तथा नीति र कार्यक्रम सार्वजनिक गरेका छन् ।
कोशीभित्र रहेका एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी १३७ वटा स्थानीय तहमध्ये अधिकांशले बजेट र नीति तथा कार्यव्रmम प्रस्तुत गरेका छन् । फिदिम समाचारदाताका अनुसार पा“चथरको हिलिहाङ गाउँपालिकाले ‘स्थानीय सरकार, कोखदेखि शोकसम्म’ कार्यव्रmम कार्यान्वयन गर्ने भएको छ । गाउ“पालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाको १८ औँ गाउँ सभाबाट यस्तो नीति पारित भएको बताउनुभयो । उहा“का अनुसार पालिकाभित्रका महिला गर्भवती भएको जानकारी प्राप्त भएदेखि नै पोषण सामग्री उपलब्ध गराइने छ । सुत्केरी हुन स्वास्थ्य संस्थामा जा“दा र फर्किंदा एम्बुलेन्स सेवा तथा प्रोत्साहन रकम उपलब्ध गराइने छ । त्यसै गरी पालिकाभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा किरिया खर्चस्वरूप १० हजार रुपियाँ उपलब्ध गराउने नीति पारित गरिएको छ । अध्यक्ष अधिकारीका अनुसार यो नीति लागु भएस“गै हिलिहाङ गाउँपालिकाले पालिकाभित्रका प्रत्येक नागरिकको निधन हुँदा घरमै पुगेर नगद १० हजार रुपिया“ उपलब्ध गराउने छ । फिदिम नगरपालिकाले आव २०८१र८२ बाटै यस्तो कार्यव्रmम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले आगामी आवमा पनि कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नगरप्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरपालिकाभित्र बसोबास गर्ने जुनसुकै नागरिकको घरमा मृत्यु भएमा परिवारलाई काजकिरिया गर्न १० हजार रुपियाँका दरले सहयोग उपलब्ध गराइँदै आएको छ । ‘कोखदेखि शोकसम्म’ कार्यव्रmम अन्तर्गत गर्भवती महिला, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएका नागरिकलाई अस्पताल ल्याउन र घर पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने कार्यव्रmमलाई पनि निरन्तरता दिइने भएको छ । ऋणात्मक जनसङ्ख्या सन्तुलनमा ल्याउने उद्देश्यले फिदिम नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने कार्यव्रmम सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औँ नगर सभामा प्रस्तुत नीति तथा कार्यव्रmममा वडा नं। २ ले उक्त कार्यव्रmमका लागि एक लाख ८० हजार रुपिया“ बजेट विनियोजन गरेको हो ।
यसअघि दुई सन्तान जन्माइसकेका दम्पतीले आव २०८३र८४ भित्र नया“ सन्तान जन्माएर वडा कार्यालयमा जन्मदर्ता गराएपछि प्रोत्साहन रकम प्राप्त गर्न सक्ने वडाध्यक्ष दीनानाथ अधिकारीले बताउनुभयो । पाँचथरका हिलिहाङ र कुम्मायक गाउँपालिकाले बसाइँ सरेर आउनेलाई प्रोत्साहन रकम दिने नीतिलाई निरन्तरता दिएका छन् । दुवै पालिकाले अन्य स्थानीय तहबाट बसाइँ सरेर आउने परिवारलाई नगदसहित प्रोत्साहन गर्ने कार्यव्रmमलाई निरन्तरता दिएका हुन् । पालिकाहरूले आवश्यकताका आधारमा व्यवसाय सञ्चालन गर्न नगद सहयोग उपलब्ध गराउने नीति लिएका छन् । हिले समाचारदाताका अनुसार धनकुटाका सात स्थानीय तहमध्ये छ वटाले आगामी आव २०८३÷८४ का लागि नीति, कार्यव्रmम तथा बजेट सार्वजनिक गरेका छन् । यो वर्ष पनि धनकुटाका सातै स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असार १० भित्र गाउँ तथा नगर सभामा आगामी आवको नीति, कार्यव्रmम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । सात स्थानीय तहमध्ये तीन नगरपालिकाले दुई अर्बभन्दा बढीको बजेट ल्याएका छन् । धनकुटा नगरपालिकाले सबैभन्दा ठुलो ७६ करोड ८६ लाख २३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । महालक्ष्मी नगरपालिकाले ६५ करोड २३ लाख ९३ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । पाख्रीबास नगरपालिकाले ६१ करोड ३७ लाख ७६ हजार ९९७ रुपियाँको बजेट ल्याएको छ । महालक्ष्मी नगरपालिकाले बसाइँसराइ पहाडी ग्रामीण क्षेत्रको चुनौती भएकाले यसलाई रोक्न कृषि, शिक्षा, खानेपानी, पूर्वाधारलाई प्राथमिकता दिएको नगरप्रमुख ध्रुवराज रायले बताउनुभयो । उहाँका अनुसार बाँदरसहित जङ्गली जनावरले दुःख नदिने वैकल्पिक खेतीलाई प्राथमिकतामा राखिएको छ ।
धनकुटाका चार गाउँपालिकामध्ये छथर जोरपाटी गाउँपालिकाबाहेक सबैले बजेट सार्वजनिक गरेका छन् । चौबिसे गाउँपालिकाले ५५ करोड ८८ लाख ९९ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै कृषि, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । साँगुरीगढी गाउँपालिकाले ५९ करोड १९ लाख ४६ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । सहिदभूमि गाउँपालिकाले ४७ करोड ९५ लाख ९२ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो पालिकाले पनि पूर्वाधारकेन्द्रित बजेट ल्याएको हो । पालिकाका अध्यक्ष मनोज राईले स्थानीयस्तरमै सबै सुविधा भयो भने बसाइँसराइ घट्छ भनेर पूर्वाधारकेन्द्रित बजेटलाई जोड दिइएको बताउनुभयो । फुङलिङ समाचारदाताका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँ सभाको २० औँ अधिवेशनबाट आव २०८३÷८४ का लागि ५८ करोड ५५ लाख २२ हजार रुपियाँ बजेट सार्वजनिक गरेको हो ।
वराहक्षेत्र समाचारदाताका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिकाले आव २०८३÷८४ का लागि एक अर्ब तीन करोड ४३ लाख ६६ हजार ८१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औँ नगर सभामा उपप्रमुख नन्दाकुमारी सुनुवारले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सभामा नगरप्रमुख रमेश कार्कीले वार्षिक नीति तथा कार्यव्रmम प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले ‘समृद्ध वराहक्षेत्रको आधार ः कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने नारासहित स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवर्धन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यव्रmममा प्राविधिक शिक्षा, एआई प्रविधि, शिक्षक प्रशिक्षण, दिगो भौतिक संरचना निर्माण तथा स्वास्थ्य सेवाको विस्तारलाई समेटिएको छ । नगरपालिकाले ‘स्वास्थ्य सेवाको विस्तार, नगरको जिम्मेवारी’ नारासहित आधारभूत स्वास्थ्य सेवा घरदैलोमा पु¥याउने योजना अघि सारेको छ । विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्य बिमा, गर्भवती तथा सुत्केरी महिलाका लागि सुविधा, नसर्ने रोग पहिचान तथा उपचारका लागि घुम्ती शिविर सञ्चालन गरिने जनाइएको छ । ज्येष्ठ नागरिक र दीर्घरोगीको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यव्रmमलाई समेत निरन्तरता दिइने बताइएको छ । शिक्षातर्फ ‘वराहक्षेत्र नगरपालिकाको इच्छा, छोरीबुहारीलाई शिक्षा’ नारासहित स्नातक तहमा अध्ययनरत छात्रा तथा प्राविधिक शिक्षामा अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति लिइएको छ । कृषितर्फ सामूहिक खेती, अर्गानिक उत्पादन, कृषि औजारमा अनुदान, कृषि बिमा तथा पशुपालन प्रवर्धनका कार्यव्रmम सञ्चालन गरिने छ ।
दुग्ध तथा माछापालन व्यवसाय प्रवर्धन, भेटेरिनरी अस्पताल निर्माण र पशुरोग नियन्त्रणका कार्यव्रmमसमेत समावेश गरिएको छ । पर्यटन विकास अन्तर्गत कोशी किनार क्षेत्रमा पर्यटकीय गतिविधि विस्तार, कोकाखोलाको पानी ब्रान्डिङ अध्ययन तथा गुप्तवराह क्षेत्रमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । वराहक्षेत्र, चतरा, रामधुनी र धरानलाई धार्मिक पर्यटकीय सर्किटका रूपमा विकास गर्ने योजनासमेत अघि सारिएको छ ।


