इटहरी  । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागी ५४ करोड ७९ लाख ३८ हजार रुपैयाँको बजेट पेश गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न १९ औं अधिवेशनको पहिलो बैठकबाट वार्षिक नीति तथा कार्यक्रम र आर्थिक विधेयक, विनियोजन विधेयक २०८३ सर्वसम्मत पारित गरिएको हो । सभामा उपाध्यक्ष सुनिता किरातीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमा किसानको उत्पादन वृद्धि, बजारीकरण तथा आयआर्जनमा टेवा पु¥याउने उद्देश्यका साथ भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । 

गाउँपालिका भित्रको आर्थिक पारदर्शिता र सुशासनलाई थप सुदृढ तथा परिपक्व बनाउन सार्वजनिक लेखा समिति मार्फत बेरुजु फच्र्युट सम्बन्धी प्रस्ताव पेश भई पारित भएको छ । यस निर्णयले पालिकाको प्रशासनिक तथा वित्तीय पाटोलाई थप जवाफदेही बनाउने अपेक्षा गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले उल्लेख गर्नुभयो । सभामा प्रस्तुत बजेट तथा कार्यक्रम माथि आवश्यक छलफल गरी पारित गरिने जनाइएको छ ।