इटहरी ।   मेचीनगर नगरपालिका–३, भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको  क्षति भएको छ ।

आगलागीबाट घरका भाँडाबर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद  जलेको छ ।  पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ । 

मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।