इटहरी । धनकुटामा दोहोरो नागरिकता र राहदानी लिएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता र राहदानी लिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–४ ९साविक मूर्तिढुङ्गा–८० स्थायी घर भएका ४३ वर्षीय द्रोणराज काफ्ले हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमन्त भण्डारीका अनुसार गलत उद्देश्य राखी झुटा विवरण पेस गरेको, वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता बनाएको र दुवै नागरिकताका आधारमा राहदानीसमेत लिएको भनी उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका काफ्लेलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले उहाँलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

