इटहरी — इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा सदस्य पदका उम्मेदवार महेश थापाले व्यवसायीबीच आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। नवराज काफ्ले नेतृत्वको साझा समूहबाट उम्मेदवारी दिएका थापा यतिबेला घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवादमार्फत व्यवसायीका सुझाव र अपेक्षा संकलनमा सक्रिय छन्।

लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय थापाले उद्योगी–व्यवसायीका साझा समस्या समाधान, संस्थागत सुदृढीकरण तथा युवा व्यवसायीको सक्रिय सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यवसायीसँगको प्रत्यक्ष संवादमार्फत संघलाई अझ प्रभावकारी, उत्तरदायी र सबैको साझा संस्था बनाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।

चुनावी अभियानका क्रममा थापाले व्यवसायीको विश्वास, साथ र सुझाव नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै समृद्ध व्यावसायिक वातावरण निर्माणका लागि नवराज काफ्ले नेतृत्वको साझा समूहलाई विजयी बनाउन उद्योगी–व्यवसायीसँग अपिल गरेका छन्।