इटहरी । मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल, गोली, भाला र गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार बिहान करिब ५ः५० बजे जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका ३१ वर्षीय सुभाषचन्द्र यादवको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, एक थान घरेलु हतियार भाला, १४० ग्राम गाँजा तथा पोको कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका हतियार, लागूऔषध र मोबाइलसहित यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बिहान करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।


