इटहरी। सुनसरीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र बर्जुतालको संरक्षण र विकासका लागि सङ्घीय सरकारले काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बताउनुभएको छ । 

सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा रहेको बर्जुताल भ्रमण अवलोकनका क्रममा  मन्त्री पौडेलले तालको संरक्षण, विकास तथा पर्यटकीय प्रवर्धन सरकारको प्राथमिकतामा रहने बताउनुभयो । उहाँले तालको विकासमा स्थानीय र प्रदेश सरकारले गरेको प्रयासको प्रशंसा गर्दै यहाँको वन, संरचना र अन्य पर्यटन विकासका लागि थप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो व्रmममा सुनसरी निर्वाचन क्षेत्र नं। ३ का सांसद अशोक चौधरीले तालको स्तरोन्नति, संरक्षण र पर्यटकीय प्रवर्धनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको थियो । मन्त्री पौडेलले बर्जुतालको मुहार फेर्न थप बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पर्यावरण र पर्यटनका लागि नेचर, कल्चर र एग्रिकल्चरलाई मिसाएर बर्जुतालको विकास गर्न सकिने बताउनुभयो । पर्यावरण र प्राकृतिक स्रोतको संरक्षणसँगै बगँैचा बनाउन, तालको सौन्दर्यीकरण गर्न तथा अधुरो भ्यु टावर पूरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।