धरान । रोट्र्याक्ट क्लब अफ धरान घोपाले मिति २०८३ साउन १० गते (२६ जुलाई २०२६) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को अडिटोरियम हलमा रोटा वर्ष २०२५/२६ को समापन तथा रोटा वर्ष २०२६/२७ को शुभारम्भको अवसरमा पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा निवर्तमान नेतृत्वबाट नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि पूर्व उपकुलपति रोटेरियन प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ, रोटेरियन प्रा. डा. चन्द्रशेखर अग्रवाल, रोटेरियन रोट्र्याक्टर प्रेम पारख (जोनल रोट्र्याक्ट प्रतिनिधि–ZRR), रोटेरियन अलंकार पालिखे तथा रोटेरियन किशन मास्केद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो। उद्घाटनपश्चात् नेपालको राष्ट्रिय गान तथा रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ को गान प्रस्तुत गरिएको थियो।

IMG-20260728-WA0003

कार्यक्रमअन्तर्गत निवर्तमान सर्जेन्ट–एट–आर्म्स, सचिव तथा अध्यक्षद्वारा रोटा वर्ष २०२५/२६ को अन्तिम औपचारिक बैठक सञ्चालन गरिएको थियो। सो अवसरमा निवर्तमान अध्यक्ष रोट्र्याक्टर अभिषेक प्रधानले आफ्नो कार्यकालको समीक्षा प्रस्तुत गर्दै क्लबको सफलतामा योगदान पुर्‍याउने बोर्ड अफ डाइरेक्टर्स, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई रोट्र्याक्टर अफ द मन्थ, रोट्र्याक्टर अफ द इयर, बेस्ट एभेन्यु, बेस्ट बोर्ड अफ डाइरेक्टर्स, राइजिङ रोट्र्याक्टर लगायत विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

त्यसपश्चात् निवर्तमान अध्यक्ष रोट्र्याक्टर अभिषेक प्रधानले अध्यक्षीय कलर तथा गाभेल नवनिर्वाचित अध्यक्ष रोट्र्याक्टर अञ्जली सुबेदीलाई हस्तान्तरण गर्दै नेतृत्वको औपचारिक जिम्मेवारी प्रदान गर्नुभयो। यससँगै रोटा वर्ष २०२५/२६ को बैठक समापन गरी आगामी कार्यकालका लागि अध्यक्षता नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण गरिएको थियो।

IMG-20260728-WA0006

नवनिर्वाचित अध्यक्ष रोट्र्याक्टर अञ्जली सुबेदीले प्रमुख अतिथि पूर्व उपकुलपति रोटेरियन प्रा. डा. विक्रम प्रसाद श्रेष्ठबाट अध्यक्षीय शपथ ग्रहण गर्नुभएको थियो। त्यसपछि उहाँले रोटा वर्ष २०२६/२७ का नवगठित बोर्ड अफ डाइरेक्टर्सलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्नुभयो। आफ्नो सम्बोधनका क्रममा अध्यक्ष सुबेदीले क्लबलाई सेवा, नेतृत्व विकास, मित्रता तथा समुदायप्रति समर्पित भावनाका साथ अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

IMG-20260728-WA0000

कार्यक्रमको अन्त्यमा रोटा वर्ष २०२६/२७ की द रोटरी फाउन्डेसन चेयर रोट्र्याक्टर निशा शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो। तत्पश्चात् निवर्तमान अध्यक्षद्वारा नेपालका राष्ट्रपति तथा सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै टोस्ट प्रस्ताव प्रस्तुत गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष रोट्र्याक्टर अञ्जली सुबेदीद्वारा रोटरी इन्टरनेशनलका अध्यक्ष तथा उहाँकी प्रथम महिलाको सुस्वास्थ्य, सफल कार्यकाल र विश्वभरका रोटरी परिवारको उज्ज्वल भविष्यको कामना गर्दै अन्तिम टोस्ट प्रस्ताव प्रस्तुत गरिएसँगै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको थियो।

रोट्र्याक्ट क्लब अफ धरान घोपाले नयाँ नेतृत्वको मार्गदर्शनमा समुदायमुखी सेवा, नेतृत्व विकास तथा युवाको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखी प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी पब्लिक रिलेसन अफिसर रोट्र्याक्टर किरण जंग बिष्टद्वारा उपलब्ध गराइएको हो।