झापा। झापाको गौरादह नगरपालिका–१ गुरुङ टोलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।  हिजो  साँझ करिब ८ः४० बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी निरीक्षक नारायणप्रसाद भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिको जाँच गरेको थियो।

जाँचका क्रममा गौरादह–१ गुरुङ टोल निवासी २८ वर्षीय अजिप मडीको साथबाट पर्सभित्र लुकाएर राखिएको २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषधसहित मडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।