इटहरी । झापाको बाह्रदशी गाउँपालिका(३ रामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो। हिमाली राजमार्गअन्तर्गत घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी(३ का ५० वर्षीय प्रेमबहादुर पौडेललाई सोही दिशाबाट आउँदै गरेको प्र।१(०१(०१९ प २६९४ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो करिब १ः१५ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब ८ः३० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र बिर्तासिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल र साइकल दुवैलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।