इटहरी : इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजेतिर लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा चेकजाँच गर्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल सोही क्षेत्रमा डेरा गरी बस्ने २५ वर्षीय अनिश लामालाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


