इटहरी ।  सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा आयोजित बृहत् सद्भाव -याली आइतबार सम्पन्न भएको छ । सुनसरीको देवाजगन्जको घटनासँगै पछिल्ला दिनमा पूर्वी तराई मधेशका केही क्षेत्रमा देखिएको सामाजिक तनावपछि समुदायबिच विश्वास र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित -यालीमा विभिन्न धर्म, जातजाति, भाषा र समुदायका नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।  छोटो समयको तयारीका बाबजुद पनि ¥यालीमा सुनसरीमा रहेका विभिन्न २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक सङ्घ संस्थाको सव्रिmय सहभागिता रहेको थियो । कार्यव्रmममा हिन्दु, मुस्लिम, किराँत, बौद्ध, इसाईलगायत विभिन्न धार्मिक समुदायका प्रतिनिधि, नागरिक समाज, उद्योगी व्यवसायी, शिक्षाविद्, युवा, महिला तथा सर्वसाधारण सहभागी भएका थिए । समुदायमा बस्ने सबै पक्षको बृहत् सहभागिताले विविधतायुक्त समाजमा एकता, सहिष्णुता र पारस्परिक सम्मानप्रतिको साझा प्रतिबद्धतालाई थप बल पुगेको स्थानीय सामाजिक अभियन्ता रामप्रसाद पोख्रेलको भनाइ छ । 

 ¥यालीले इटहरी बजारक्षेत्रको परिव्रmमा गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा राष्ट्रिय एकताका पक्षमा सन्देशमूलक नारा प्रदर्शन गरिएको थियो । ¥यालीका सहभागीले कुनै पनि प्रकारको सामाजिक, धार्मिक वा सांस्कृतिक विभाजनले समाजलाई कमजोर बनाउने भएकाले सबै समुदायबिच विश्वास, संवाद र सहकार्यको वातावरण कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।   पछिल्ला घटनाव्रmमलाई लिएर समाजमा फैलिन सक्ने अविश्वास र विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै शान्ति, सहअस्तित्व र पारस्परिक सम्मानको संस्कृतिलाई सुदृढ बनाउने उद्देश्यले ¥याली आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीले जानकारी दिनुभयो । नागरिक समाज इटहरीका पूर्वअध्यक्ष सन्तबहादुर डुम्जनले सामाजिक सद्भाव कायम रहँदा मात्र दिगो विकास, सामाजिक स्थायित्व र समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै सबै पक्ष संयमित, जिम्मेवार र सहिष्णु हुनुपर्नेमा जोड दिनुभयो ।

इटहरी जेसिजका अध्यक्ष मिसन पराजुलीले बृहत् सद्भाव ¥याली इटहरीको सामाजिक एकता, सहिष्णुता र सहअस्तित्वको सशक्त प्रतीकका रूपमा स्थापित भएको बताउनुभयो । पछिल्ला घटनाबाट समाजले विभाजन होइन, संवाद, समझदारी र सहकार्यको मार्ग रोज्नुपर्ने सन्देश ¥यालीले दिएको उहाँले उल्लेख गर्नुभयो ।  उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिँदै सबै धर्म, जाति र समुदायबिच आपसी विश्वास, सम्मान र सहकार्यको सम्बन्ध अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो ।