इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने गरी जारी गरिएको छ ।  जिल्लाको १० स्थानमा पाँच दिनसम्म सुनसरीको पूर्व–पश्चिम राजमार्गमा लगाएको कर्फ्यु आदेश शनिबारदेखि हटाएर विषेश आदेश जारी भएकोमा सोमबार देवानगञ्ज र हरिनगर गाउँपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको छ ।  सोमबार प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्नुहुँदै दिउँसो ५ बजेसम्मका लागि देवानगञ्ज र हरिनगर निषेध आदेश जारी गर्नुभएको छ । दुई स्थानीय तह बाहेकका क्षेत्रमा  निषेधाज्ञा समेत हटाएको उहाँले जानकारी दिनुभयो । 

गत सोमबारदेखि शनिबार बिहानसम्म प्रशासनले इटहरी पक्लीदेखि कोशी व्यारेज क्षेत्रमा आवतजावत तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गर्ने गरी कर्फ्यु जारी गरेको थियो ।  कर्फ्यु र निषेध हटेको क्षेत्रमा पूर्व इटहरी उपमहानगरपालिकाको पक्कली चोकसम्म, पश्चिम कोशी गाउँपालिका–८ कोशी ब्यारेजको पुल, भोक्राहा नरसिंह, इनरुवा, रामधुनी, बर्जु, दुहवी, गढी सहितको रहेको छ ।