इटहरी । साइप्रस स्थित नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चल शाखाको समन्वय तथा सहजीकरणमा विश्वविद्यालयका नेपालका लागि कन्ट्री म्यानेजर सुमन अधिकारीको निमन्त्रणामा कार्यक्रम आयोजना गरिएको हो।

इटहरीस्थित स्काई लक्समा आयोजित कार्यक्रमको अध्यक्षता इक्यान पूर्वाञ्चल शाखाका अध्यक्ष रवि कुमार गुप्ताले गर्नुृभएको थियो । कार्यक्रममा नियोपोलिस विश्वविद्यालय पाफोसका नेपाल कन्ट्री म्यानेजर सुमन अधिकारीले विश्वविद्यालयमा सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय मान्यता, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सहायता सेवा तथा साइप्रसमा उच्च शिक्षा अध्ययनका अवसरबारे विस्तृत जानकारी गराउनुभएको थियो । विश्वविद्यालयमा बिजनेस एडमिनिस्ट्रेसन, अकाउन्टिङ, बैंकिङ तथा फाइनान्स, डिजिटल मार्केटिङ, बैंकिङ तथा इन्भेस्टमेन्ट, एप्लाइड कम्प्युटर साइन्स, कम्प्युटर साइन्स तथा आर्टिफिसियल इन्टेलिजेन्स एआइ, सूचना प्रणाली तथा डिजिटल इनोभेसन, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर, प्रोडक्ट डिजाइन इन्जिनियरिङ, अंग्रेजी कानुन, मनोविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षा, कम्युनिकेसन, मार्केटिङ तथा पब्लिक रिलेसन्स, रियल स्टेट इभ्यालुएसन तथा डेभलपमेन्ट लगायतका विषयमा अध्ययनका अवसर रहेको जानकारी दिइएको थियो।

साथै, एमबीए , एमबीए इन टुरिजम तथा वातावरणीय प्रभाव मूल्यांकन र दिगोपन व्यवस्थापन लगायतका स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालन हुने बताइएको थियो। कार्यक्रमका विशेष अतिथिका रूपमा इक्यान केन्द्रीय सदस्य कमल तिम्सिना तथा नागरिक समाज इटहरीका पूर्व अध्यक्ष एवं सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीका महासचिव राजु केसी सहभागी हुनुभएको थियो । कार्यक्रमको विशेष सहजीकरण दिव्यराज गुरुङले गर्नुभएको थियो । कार्यक्रममा पूर्वी नेपालका विभिन्न शैक्षिक परामर्श व्यवसायी तथा कन्सल्टेन्सी सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सहायता सेवा, अन्तर्राष्ट्रिय शैक्षिक अवसर तथा भावी संस्थागत सहकार्यका विषयमा जानकारी आदान–प्रदान गरेका साथै यस्ता कार्यक्रमले नेपाली शैक्षिक परामर्श व्यवसायी र नियोपोलिस विश्वविद्यालय पाफोस बीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाल कन्ट्री म्यानेजर सुमन अधिकारीले बताउनुभयो ।

साथै, नेपाली विद्यार्थीलाई साइप्रसमा उपलब्ध गुणस्तरीय अन्तर्राष्ट्रिय उच्च शिक्षाका अवसरबारे जानकारी प्रदान गर्दै उनीहरूको शैक्षिक पहुँच विस्तार गर्नसमेत कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।