इटहरी । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत धनकुटाले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि गत आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ३ सय ५२ मुद्दा दर्ता भएको जनाएको छ ।

त्यस्तै लागुऔषध गाँजा ३८, लागुऔषध हिरोइन १८, लागुऔषध अन्य १७, जवरजस्ती करणीका ३१ गरि ७ सय ५९ मुद्दा दर्ता भएको जिल्ला अदालत धनकुटाले जनाएको छ । जिल्ला अदालत धनकुटामा दर्ता भएका मुद्दामध्ये ६ सय ५३ फछ्र्यौट भएको र १ सय ६ वटा मुद्दा बाँकी रहेको बताइएको छ । जिल्ला अदालतले. लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै आएको न्यायधिश हरिशचन्द्र इङ्नामले जानकारी दिनुभयो।

जिल्ला अदालतमा फैसला भएका मुद्दामध्ये हालसम्म १ हजार ८० वर्ष ८ दिन कैद लागत रहेकोमा हालसम्म ४ सय ४५ वर्ष ७ महिना १२ दिन फछ्र्यौट भएर ६ सय २५ वर्ष ४ महिना २६ दिन कैद भुक्तानी बाँकी रहेको अदालतको भनाइ छ । यस्तै हालसम्मको जरिवाना लगत ४ करोड ७० लाख ५१ हजार १ सय ३५ रुपैयाँ मध्ये गत आर्थिक वर्षमा १ करोड १६ लाख ४१ हजार ३ सय १८ रुपैयाँ असुली भइ ३ करोड ५४ लाख ९ हजार ८ सय १७ रुपैयाँ फछ्यौट भएको अदालतले जनाएको छ ।