इटहरी । इटहरीस्थित ग्रीन पिस लिंकन कलेज (म्यानेज्ड बाइ आई एस एमटी) मा ‘ई–स्पोट्र्स’ अन्तर्गत फ्रि फायर तथा ई–फुटबल प्रतियोगिता सम्पन्न भएको छ। 

कलेजको बीबीए छैटौँ सेमेस्टरका विद्यार्थीहरूको व्यवस्थापनमा आयोजित कार्यक्रम सुमित श्रेष्ठको अध्यक्षता एवम् प्राचार्य मुक्तिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा कलेजका संयोजक प्रमोद बन्सल विशेष अतिथि तथा मुख्य प्रायोजक ’यात्रा रेन्टल्स’का प्रबन्ध निर्देशक सुमित श्रेष्ठको सहभागिता थियो भने फेदीखोला हाइड्रोपावरको सह–प्रायोजन रहेको प्रतियोगिताको मिडिया पार्टनर विराट टेलिभिजन रहेको थियो  ।

सम्पन्न फ्रि फायरतर्फ राकेश खत्री, क्षितिज खड्का, रोहन श्रेष्ठ र युनिश लुइँटेल सम्मिलित ‘टिम नो फेथ’ विजेता बन्यो भने ‘टिम इजी’ उपविजेता भयो। त्यसैगरी, ई–फुटबलतर्फ दिपेन्द्र तामाङ प्रथम र रोहन श्रेष्ठ दोस्रो स्थान हासिल गर्न सफल भए। विद्यार्थीहरूमा डिजिटल खेलप्रतिको रुचि बढाउनुका साथै नेतृत्व, समूहकार्य र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो।