इटहरी/ इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) सम्बन्धी सामुदायिक सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र इटहरी–४ का प्रमुख राजेश बिमली तथा PHRD Nepal की प्रतिनिधि सुम्निमा कार्की ले समुदायमा आधारित रोग निगरानी प्रणाली, रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा सम्बन्धित निकायमा जानकारी प्रवाह गर्ने प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। वडा नं. ४ लाई केन्द्रित गरी आयोजित कार्यक्रममा समुदायको सक्रिय सहभागितामार्फत रोगको समयमै पहिचान, सूचना प्रवाह र नियन्त्रणका उपाय प्रभावकारी बनाउन समुदायको भूमिका महत्वपूर्ण रहने विषयमा छलफल गरिएको थियो।

IMG20260806115342

इटहरी उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त लामा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरू विशेश्वर पोखरेल, दिलु बराइली, वडा सचिव अर्जुन सुवेदी, स्वास्थ्यकर्मी, टोल विकास संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालासहित ३० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा समुदायमा आधारित रोग निगरानी प्रणाली अन्तर्गत समुदायमा देखिने असामान्य जनस्वास्थ्य घटना तथा संक्रामक रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी वा 'हेल्लो स्वास्थ्य १११५' मा जानकारी गराउनुपर्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

IMG20260806115409

सहजीकरणका क्रममा रोगको प्रारम्भिक पहिचान र समयमै सूचना प्रवाहले महामारीको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शरीरमा बिमिरासहित ज्वरो आउने, उच्च ज्वरोसँगै कम्पन वा बेहोस हुने, ज्वरोसँगै शरीरका विभिन्न भागबाट रगत बग्ने वा नीलडाम देखिने, १५ वर्षमुनिका बालबालिकामा एक्कासी हातखुट्टा कमजोर वा लुलो हुने तथा १० दिनभन्दा कम अवधिको ज्वरोका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिएमा तत्काल सम्बन्धित स्वास्थ्य निकायलाई खबर गर्न आग्रह गरिएको थियो।

IMG20260806122429_BURST003

साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको निःशुल्क हटलाइन 'हेल्लो स्वास्थ्य १११५' मार्फत पनि यस्ता जनस्वास्थ्य घटनाबारे सूचना दिन सकिने जानकारी दिइएको थियो।

उक्त कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा युनिसेफ नेपाल को साझेदारीमा सञ्चालन गरिएको हो।

IMG_20260806_122626

IMG_20260806_122735