संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ स्थित सिमली खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बगेर बेपत्ता भएका छन्।  बुधबार राति ११ बजे सहकर्मीहरूसँग आवासतर्फ फर्किँदा खोलाले बगाएपछि बेपत्ता भएका निरौलाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ खटिएको छ।

२१ साउन, संखुवासभा । संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् ।  गएराति मकालु -५ मा रहेकाे सिमली खाेला तर्ने क्रममा खाँदबारी नगरपालिका -१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।  खाएर साथीहरूसँगै हाइड्रोको आवासमा फर्कने क्रममा बुधबार राति ११ बजे सुपरभाइजर निराैलालाई खोलाले बगाएर बेपत्ता भएका हुन् ।  हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम पश्चिम आठबिकाेट नगरपालिका – १० का दिनेश विश्वकर्मा र इलाम जिल्लाकाे इलाम नगरपालिका -१ का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँ तर्फ जादै गरेका निराैलालाई खाेलाले बगाएकाे थियो ।

बेपत्ता भएका निराैलाकाे प्रहरी र स्थानीयकाे सहयोग खाेजी कार्य भइरहेकाे छ । घटना स्थल नुम प्रहरी चाैकीबाट २० किलाेमिटर पूर्वमा पर्दछ ।  घटना स्थलमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र यादवको टाेली घटना स्थल सिमली खाेला तर्फ लागेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।