इटहरी। रेबिज संक्रमण फैलिएको पाँचथर जिल्लामा एन्टिरेबिज भ्याक्सिन आइपुगेको छ । फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा रेबिज संक्रमण पुष्टि हुनुका साथै पशुचौपाया धमाधम मर्न थालेपछि मानिस र पशुचौपायाका लागि आवश्यक खोप ल्याइएको हो ।  मानिसका लागि आवश्यक एन्टिरेबिज भ्याक्सिन संघीय सरकारअन्तर्गत औषधी व्यवस्था विभागमार्फत तथा पशुचौपायाका लागि पशु सेवा निर्देशनालयमार्फत जिल्लामा पठाइएको हो ।  मानिसका लागि एक हजार डोज एन्टिरेबिज भ्याक्सिन आइपुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । यस्तै, पशुचौपायाका लागि दुई हजार डोज खोप प्राप्त भएको केन्द्रका निमित्त प्रमुख निरोजकुमार भट्टराईले जानकारी दिनुभयो ।  विशेषगरी पाँचथरमा कुकुर तथा बिरालोले टोकेपछि मानिसले लगाउने एन्टिरेबिज भ्याक्सिन गत वैशाखदेखि उपलब्ध थिएन । रेबिज संक्रमित कुकुरले ठुलो संख्यामा गाईवस्तु र मानिसलाई टोकेपछि जिल्लामा ठुलो परिमाणमा एन्टिरेबिज भ्याक्सिन आवश्यक परेको हो ।

संक्रमित कुकुरले टोकेका व्यक्तिमात्र नभई संक्रमित पशुचौपायाको स्याहार गर्ने मानिसलाई समेत भ्याक्सिन लगाउन स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन् ।  रेबिजका कारण फाल्गुनन्द गाउँपालिकामा मात्रै करिब ५० वटा पशुचौपाया मरेका छन् । यता, फिदिम नगरपालिकामा एउटै कुकुरले एक घण्टाको अवधिमा ५५ वटा कुकुर, तीन जना मानिस तथा केही अन्य घरपालुवा जनावरलाई टोकेपछि संक्रमण फैलिने जोखिम बढेको छ । फिदिम बजारमा उक्त कुकुर मरेपछि गरिएको परीक्षणका क्रममा रेबिज संक्रमण पुष्टि भएको थियो ।रेबिज संक्रमण फैलिएको पाँचथर जिल्लामा एन्टिरेबिज भ्याक्सिन आइपुगेको छ । फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा रेबिज संक्रमण पुष्टि हुनुका साथै पशुचौपाया धमाधम मर्न थालेपछि मानिस र पशुचौपायाका लागि आवश्यक खोप ल्याइएको हो ।  मानिसका लागि आवश्यक एन्टिरेबिज भ्याक्सिन संघीय सरकारअन्तर्गत औषधी व्यवस्था विभागमार्फत तथा पशुचौपायाका लागि पशु सेवा निर्देशनालयमार्फत जिल्लामा पठाइएको हो ।  मानिसका लागि एक हजार डोज एन्टिरेबिज भ्याक्सिन आइपुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । यस्तै, पशुचौपायाका लागि दुई हजार डोज खोप प्राप्त भएको केन्द्रका निमित्त प्रमुख निरोजकुमार भट्टराईले जानकारी दिनुभयो । विशेषगरी पाँचथरमा कुकुर तथा बिरालोले टोकेपछि मानिसले लगाउने एन्टिरेबिज भ्याक्सिन गत वैशाखदेखि उपलब्ध थिएन । रेबिज संक्रमित कुकुरले ठुलो संख्यामा गाईवस्तु र मानिसलाई टोकेपछि जिल्लामा ठुलो परिमाणमा एन्टिरेबिज भ्याक्सिन आवश्यक परेको हो ।

संक्रमित कुकुरले टोकेका व्यक्तिमात्र नभई संक्रमित पशुचौपायाको स्याहार गर्ने मानिसलाई समेत भ्याक्सिन लगाउन स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन् ।  रेबिजका कारण फाल्गुनन्द गाउँपालिकामा मात्रै करिब ५० वटा पशुचौपाया मरेका छन् । यता, फिदिम नगरपालिकामा एउटै कुकुरले एक घण्टाको अवधिमा ५५ वटा कुकुर, तीन जना मानिस तथा केही अन्य घरपालुवा जनावरलाई टोकेपछि संक्रमण फैलिने जोखिम बढेको छ । फिदिम बजारमा उक्त कुकुर मरेपछि गरिएको परीक्षणका क्रममा रेबिज संक्रमण पुष्टि भएको थियो ।