इटहरी — रोट्रयाक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापन कार्यक्रम इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष शीतल धितालले नवनियुक्त अध्यक्ष अनुप्रास बिष्टलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर नोमिनी रोटरियन अमित गिरी रहेका थिए। विशेष अतिथिका रूपमा जेडआरआर प्रेम पारख, ब्रह्माकुमारी राजयोग इटहरीकी प्रमुख शारदा दिदी, रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमला, रोटरी क्लब अफ इटहरीका पूर्वअध्यक्षहरू,रोट्रयाक्ट क्लब अफ इटहरीका पूर्वअध्यक्षहरू, विभिन्न रोट्र्याक्ट क्लबका अध्यक्षहरू तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
पदस्थापनसँगै अनुप्रास बिष्टको अध्यक्षतामा रोट्रयाक्ट क्लब अफ इटहरीको नयाँ कार्यसमिति गठन भएको छ। समितिको सचिवमा अस्तिका चौहान, कोषाध्यक्षमा प्रिया कार्की, निवर्तमान अध्यक्ष (IPP) मा शीतल धिताल रहेका छन्।
त्यस्तै उपाध्यक्ष–१ मा सञ्जय ठाकुर, उपाध्यक्ष–२ मा जेनिशा जुन्यरा र उपाध्यक्ष–३ मा प्रदोष ढकाल चयन भएका छन्। सह–सचिवमा प्रवेश दाहाल र सह–कोषाध्यक्षमा संगम खड्का रहेका छन्।
नयाँ कार्यसमितिमा Rotary Youth Contact Leader मा विभाष पराजुली, Rotaract Learning Facilitator मा मेघा बराइली, Club Admin Director मा कृष्ण खतिवडा, Professional Development Director मा विवेक घिमिरे, Service Project Director मा सुगम कार्की, International Service Director मा अबिरल बिष्ट र Membership Director मा आशिष भण्डारी रहेका छन्।
त्यसैगरी Public Image Director मा एलिशा भट्टराई, Fundraising Coordinator मा बिदुषा कोइराला, Placement Coordinator मा बिमल पराजुली, TRF Director मा युवोल शंकर, Fellowship Director मा अनिश आचार्य तथा Sergeant in Arms मा शाइली बजगाईं रहेका छन्।

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष अनुप्रास बिष्टले युवाको ऊर्जा, क्षमता र नेतृत्वलाई सामाजिक सेवामा जोड्दै क्लबका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष बिष्टले आफू सामाजिक सेवाप्रति आकर्षित हुनुमा आफ्नो पारिवारिक वातावरणको महत्वपूर्ण भूमिका रहेको बताए। उनका बुबा व्यवसायी तथा रोटरी क्लब अफ इटहरीका पूर्वअध्यक्ष अनन्त बिष्टको सामाजिक सेवाप्रतिको सक्रियता तथा आमाको समाजप्रतिको लगाव र सेवाबाट प्राप्त आत्मसन्तुष्टिबाट आफू प्रभावित भएको उनले बताए।
उनले अभिभावकबाट प्राप्त प्रेरणालाई आत्मसात् गर्दै युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायमा सकारात्मक परिवर्तनका लागि रोट्र्याक्ट क्लब अफ इटहरीलाई थप सक्रिय बनाउने बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष शीतल धितालले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नवनियुक्त अध्यक्षसहित नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना दिएका थिए।
कार्यक्रममा सामाजिक सेवा, युवा नेतृत्व विकास, समुदायसँगको सहकार्य तथा रोट्र्याक्ट अभियानलाई थप प्रभावकारी बनाउने विषयमा समेत चर्चा गरिएको थियो।


