इटहरी। कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि सामाजिक सद्भाव र राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ । प्रदेश प्रमुख खापुङले सोमबार उदयपुरको त्रियुगा नगरपालिका–२, जोगीदहस्थित शिवमन्दिरपरिसरमा आयोजित बृहत् शिवलिङ्गको प्राणप्रतिष्ठा कार्यव्रmम उद्घाट गर्दै यस्तो बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले भौगोलिक तथा सामाजिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा सदियौँदेखि विविध भाषा, धर्म, संस्कृति, सभ्यताको पहिचान भएका विभिन्न जातजातिको बसोबास रहँदै आएकाले यी सबै मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालमा बसोबास गर्दै आएका फरक फरक भाषा, धर्म र संस्कृति भएका सम्प्रदायका मानिसबिच धार्मिक र सांस्कृतिक सहिष्णुताबाट नै सामाजिक एकता कायम गर्न सकिने उहाँको भनाइ थियो । खापुङले भन्नुभयो,त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले ठुलो जनसङ्ख्या भएका दुई ठुला धनी मुलुकबिचमा नेपाल भएकाले आर्थिक विकासमा धार्मिक पर्यटन बनाउन सबैको ध्यान जानुपर्ने बताउनुभयो ।