इटहरी । लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा ‘लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न भएको छ ।

इटहरी–२ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई लागुऔषधका प्रकार, प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, कानुनी व्यवस्था तथा दुव्र्यसनबाट बच्ने उपायबारे सचेतना मूलक प्रशिक्षण दिइएको थियो। लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुश ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट जीएसटी को–अर्डिनेटर लायन भोजराज दाहाल रहनुभएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दुर्गा पौडेल लगायत प्रहरी टोलीले लागुऔषधका प्रकार, यसको असर, कानुनी पक्ष तथा दुव्र्यसनबाट बच्ने उपायबारे विद्यार्थीलाई जानकारी गराउनुभएको थियो । लागुऔषधको जोखिमबाट विद्यार्थी तथा युवालाई जोगाउँदै स्वस्थ, सुरक्षित र सचेत समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष आयुश ढुङ्गेलले बताउनुभयो ।

कार्यक्रमबाट विद्यार्थीले लागुऔषधका असर तथा यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रमुख अतिथि भोजराज दाहालले बताउनुभयो । कार्यक्रममा लायन्स डिस्ट्रिक्ट एरिया को–अर्डिनेटर भूपाल भट्टराई, जोन चेयरपर्सन लायन चन्द्र श्रेष्ठ, डिस्ट्रिक्ट काउन्सिल रिजन चेयरपर्सन अमर दीप पौडेल, जोन चेयरपर्सन सुरेन्द्र थापा, विद्यालयका प्रधानाध्यापक मेदन कुमार घिमिरे लगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।