इटहरी। ताप्लेजुङमा चोरी गर्ने एक युवक पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ तोक्मेडाँडास्थित बसपार्कमा रहेको मेवा ताप्लेजुङ यातायात सेवा प्रालिको काउन्टर तोडफोड गरी नगद तथा विभिन्न सामान चोरी गर्ने सो युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका –४ का १९ वर्षीय इन्सान लिम्बु रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले काउन्टरबाट नगद ६० हजार रुपियाँ, एटिएम कार्ड, हेल्मेट लगायतका सामान चोरी गरेका थिए।

चोरी भएको आसपास क्षेत्रमा रहेको सीसीटीभी क्यामेराको फुटेज आधारमा चोरीमा संलग्न लिम्बूको खोजी गरी पक्राउ गरिएको हो । लिम्बुलाई शनिबार चोरी भएको नगद, एटिएम कार्ड र हेल्मेट लगायतका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका लिम्बूमाथि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो ।