इटहरी । पूर्व प्रहरीहरु अन्य नागरिक भन्दा बढी जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका वत्ताहरुले बताएका छन् ।

नेपाल पूर्व प्रहरी संगठन धनकुटाले ३६ औं स्थापना दिवसमा आयोजना गरेको कार्यक्रममा वत्ताहरुले पूर्व प्रहरीले जहिल्यै पनि शान्ति, सुरक्षा र अमनचयनमा ख्याल गर्नुपर्ने बताएका हुन् । यस्तै देशको अहित हुने कुनै पनि कार्यमा संलग्न हुनु नहुने सहभागिहरुको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकारले पूर्व प्रहरीहरुले देश र समाज प्रति अझ बढी जिम्मेवारीबोधका साथ योगदान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

  संगठनका अध्यक्ष डम्बर कटुवालले पूर्व प्रहरी संगठन धनकुटाले हाल वास्तवमै विना वर्दीको प्रहरीका रुपमा काम गरिरहेको र विभिन्न आन्दोलनका क्रममा शान्ति सुरक्षाका लागि नेपाल प्रहरीलाई सुचना सहित विभिन्न सहयोग गरिरहेको बताउनु भयो । पूर्व प्रहरी संगठन धनकुटामा हाल ६५ जना आजीवन सदस्य र २५ जना साधारण सदस्य रहेका छन् । संगठनले सदस्यहरुका परिवारलाई आवश्यकतानुसार विभिन्न प्रकारका सहयोग गर्दै आएको जनाएको छ ।