इटहरी। इलामका साना तथा ठुला होटेल चार महिनादेखि सुनसान बनेका छन् । पर्यटकको चलपहलसँगै खचाखच हुने इलामका होटेल अहिले सुनसान बनेका हुन् । 

इलाम सदरमुकाम हुँदै पाँचथर, ताप्लेजुुङसम्म जाने भरपर्दो सडक नहुँदा यस्तो अवस्था भएको हो । मेची राजमार्गको माईखोलास्थित राजदुवाली सडकखण्ड ४० दिनयता पूर्ण अवरुद्ध भएपछि इलाममा पर्यटक आउन छोडेका हुन् । सदरमुकामकै न्यु पोख्रेली होटेलको अवस्था पनि उस्तै छ । दैनिक दुुई सय मान्छेको आवागमन हुने पोख्रेलीमा अहिले स्थानीय एक÷दुुई वटा कार्यव्रmमबाहेक केही पनि हुन सकेको छैन । होटेल सुनसान हुँदा होटेलसँग जोडिएका यातायात व्यवसायी, सागसब्जी, दुधलगायतका वस्तुु उत्पादक साना किसानसमेत प्रभावित भएको राई बताउनुुहुन्छ । चिसो मौसम, घुुम्नका लागि शान्त र सुुरक्षित स्थान भएकाले पनि इलाम भित्रिने आन्तरिक तथा बाह्य पर्यटकले इलामलाई मन पराउने गरेका छन् । भारतका विहार, सिक्किम, डुुर्वससहित पश्चिम बङ्गालका पर्यटक इलाम आउने गरेका थिए । गर्मी मौसम सुरु भएपछि नेपालको तराई, पश्चिम नेपाल र भारतीय पर्यटकले भरिभराउ हुने इलाममा अहिले होटेल तथा पर्यटन व्यवसाय नै सङ्कटमा परेको होटेल व्यवसायी सङ्घ इलामका महासचिव प्रकाश चापागाईं बताउनुुहुन्छ । चापागाईंका अनुसार इलाम सदरमुकामसहित माईवारिका ठुला, साना होटेल र होमस्टे समेत गरेर करिब चार सय होटेल रहेका छन् । कति व्यवसायीले त ठुलो लगानीमा नयाँ  होटेल व्यवसायसमेत सुरु गरेको चापागाईं बताउनुहुन्छ ।

इलामका होटेल तथा पर्यटन व्यवसाय सञ्चालनका लागि अब एउटै विकल्प केचना–कञ्चनजङ्घा सडक निर्माण नै रहेको होटेल सञ्चालकको बुुझाइ छ । इलामबाट झापा झर्न छोटो दुुरी अर्थात् करिब डेढ घण्टा मात्र समय लाग्ने भएकाले ताप्लेजुुङको पाथीभरासम्म पुुगेर फर्कने पर्यटकलाई आवतजावत गर्न केचना–कञ्चनजङ्घा सडक सहज हुने गरेको छ । यो सडकमा ठेकेदार कम्पनीले तोकिएको समयभित्र काम नगर्दा अहिले इलामका सबै क्षेत्रको आर्थिक अवस्था शून्यमा झरेको यहाँका व्यवसायी बताउँछन् । होटेल व्यवसायी सङ्घका महासचिव चापागाईंले भन्नुुभयो, “केचना–कञ्चनजङ्घा सडकलाई सन्दकपुरसम्म कालोपत्रे गर्न सक्दा मात्र अब इलाम चलायमान बन्न सक्छ । यता पर्यटन क्षेत्रमा काम गर्ने इलामका ‘ट्राभल्स एन्ड टुर्स’ कम्पनी पनि पर्यटक आवागमन नहुँदा कारोबार शून्यमा झरेको इलामेली ट्राभल्स एन्ड टुर्सका सञ्चालक ग्रीष्म सुुब्बाले बताउनुुभयो ।