इटहरी । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्ता तोकेको छ।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो। बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्दै त्यसको तयारी अघि बढाउने निर्णयसमेत गरेको सरकारका नवनियुक्त प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शेर्पाले जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नवनियुक्त सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा।


