इटहरी । उदयपुरबाट काठसहित दुई जना पक्राउ परेका छन्। सवडिभिजन वन कार्यालय तपेश्वरीबाट खटेको टोलीले बेलका नगरपालिका १ स्थित बेलका जनशक्ति सामुदायिक वन समूहको जंगलबाट चिरान काठसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको कोशी नगरपालिका ७ वइनगम्माका ४८ वर्षीय बालकुमार यादव र सोही ठाउँका ४५ वर्षीय रामकिशन सदा रहेका छन्। काठ तस्करहरूको ८ जनाको समूह रहे पनि अन्य फरार रही उनीहरू दुई जनालाई भने पक्राउ गर्न सफल भएको डिभिजनल प्रमुख ९डिएफओ० गजेन्द्र श्रेष्ठले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट एउटा बन्चरो र एउटा खुकुरी तथा १०।७ क्युविक फिट चिरान काठ बरामद गरेको छ। उनीहरू विरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


