इटहरी।  खाना पकाउने ग्याँस सहज नभएपछि इलाममा जिल्ला प्रशासन कार्यालयको निगरानीमा ग्याँस वितरण गरिएको छ । 

इलाम  सदरमुकाममा आज आइपुुगेको ३६५ वटा सिलिन्डरलाई सदरमुकाममा रहेका पाँचवटा डिलर मार्फत उपभोक्तालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरि थापाले जानकारी दिनुुभयो । मेची राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकबाट ग्याँस ढुवानी गर्दा दुुई हजार छ सय रुपियाँसम्म तिर्नु परेको गुनासो आएपछि प्रशासनले ग्याँस डिलरमा निगरानी बढाएको हो । आज आएको ग्याँस भने ग्याँस कम्पनीकै गाडीबाट सदरमुकाम झरेकाले प्रति सिलिन्डर दुुई हजार ६० रुपियाँमा ग्याँस वितरण गरिएको थापाले बताउनुुभयो । 

ग्याँस डिलरको अनुुगमनका क्रममा डिलरहरुले उपभोक्ताबाट लिएको रकमको भने बील  दिन नमान्ने कारण उनीहरुलाई बील उपलब्ध गराउन निर्देशन समेत दिइएको बताइएको छ । यता ग्याँस बिक्रेताले भने गएको साउन ३१ गते सम्म जम्मा भएका  खाली सिलिन्डरलाई मात्र ग्याँस दिइएको बताएका छन् ।