इटहरी। ५० शैय्याको अस्पताल रहेको इलाम अस्पतालमा ‘ब्लड बैंक’ नहुँदा विरामीलाई समस्या भएको छ । वर्षौंदेखि इलाम, पाँचथर, ताप्लेजुुङ र तेह्रथुम सम्मलाई सेवा दिंदैआएको अस्पतालमा ब्लड बैंकको आवश्यक रहेको अस्पतालमा प्रमुख अमिताभ ठाकुुरले बताउनुुभयो ।
अहिले इलाम अस्पतालमा आकस्किमदेखि प्रसुति, विभिन्न सर्जरी सेवासहित मिर्गौलाका बिरामीको लागि डाइलासिस सेवा समेत सञ्चालन भइरहेको छ । तर, मुख्यगरी डाइलासिस गर्ने बिरामीलाई रगत दिनुु पर्ने र रगत सहज नहुँदा समस्या हुने गरेको ठाकुरको भनाइ छ । ‘यहाँ विषेशज्ञ डाक्टरको सेवा छ तर, आवश्यक ब्लड बैंक छैन’ ठाकुरले भन्नुुभयो । ब्लड बैंक नहुँदा सम्बन्धित ग्रुपका व्यक्तिलाई नै खोजी गरेर बिरामीहरुलाई रगत दिइने गरेको डाइलासिस सेवाका इन्चार्ज आदित्य पण्डितले जानकारी दिनुुभयो । इलाम, झापा, पाँचथरसहित विभिन्न जिल्लाका विरामीहरु डाइलासिसका लागि इलाम आउने गरेका छन् ।
‘तत्काल ब्लड दिनुुपर्ने भयो भने समस्या नै हुन्छ । झापाबाट मगाउनु परेको छ । अहिले अस्पतालको इमर्जेन्सी, प्रसुुतीसहित अन्य सर्जरी, र डाइलासिसका गरी करिब एक सयभन्दा बढी विरामीहरु अस्पतालमा उपचाररत छन् ।


