इटहरी । इटहरी–६, धरान लाइनमा रहेको श्री गजुरमुखी ज्वेलर्सले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ ।
शनिबार ज्वेलर्स परिसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यमा केक काटेर वार्षिकोत्सव मनाइएको हो। कार्यक्रममा सहभागीहरूले गजुरमुखी ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका थिए । वार्षिकोत्सवको अवसरमा ज्वेलर्सले ग्राहकलाई लक्षित गर्दै ‘मालामाल अफर’ समेत सार्वजनिक गरेको छ ।
सञ्चालक प्रो. राकेश श्रेष्ठका अनुसार भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकलाई ज्यालामा १ सय प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै, वार्षिकोत्सवको दिनदेखि २५ हजार भन्दा माथिको खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत ५० ग्राम चाँदीको सिक्का जित्ने अवसर समेत पाउनेछन्। ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले वार्षिकोत्सवको अवसरमा उक्त अफर ल्याइएको ज्वेलर्सले जनाएको छ। ज्वेलर्सका सञ्चालक प्रो. राकेश श्रेष्ठले लामो समयदेखि ग्राहकको विश्वास र साथ पाउँदै आएको गजुरमुखी ज्वेलर्सले वार्षिकोत्सवलाई ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिएको बताउनुभयो। यस्तै, प्रमुख अतिथि जीवन पराजुलीले गजुरमुखी ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष राजकुमार गजमेर, उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारी, सुनचाँदी व्यवसायी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। गजुरमुखी ज्वेलर्सले सुन तथा चाँदीका विभिन्न प्रकारका गहना बिक्री गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा ल्याइएको ‘मालामाल अफर’ले ग्राहकलाई गहना खरिदसँगै आकर्षक छुट तथा पुरस्कार जित्ने अवसर प्रदान गर्ने ज्वेलर्सले जनाएको छ ।


